कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

दुई वटा टाउको भएको बच्चा जन्मियो

दुई वटा टाउको भएको बच्चा जन्मियो
बंगलादेशमा दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । बंगलादेशको राजधानी ढाकाबाट एक सय २० किलोमिटर पूर्वमा रहेको ब्राहमनबारिएको अस्पतालमा एक महिलाले दुई वटा टाउको भएकी छोरी जन्माएको आस्पतालका अधिकारीले बताएका छन् ।
बिहीबार बिहानै जन्मिएको नवजात शिशुको स्वाशप्रस्वाशमा समस्या रहेकाले अहिले ढाकामा रहेको अस्पतालमा उपचार भैरहेको नवजात शिशुका बाबुले बताएका छन् । दुई वटा टाउकोसहित जन्मिएको शिशुको अहिले सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ । छोरी जन्मिएपछि पहिलो पटक देख्दा आफू अचम्ति भएका नवजात शिशुका बाबु जमाल मियाले बताए । उनले भने ‘जब मैले पहिलो पटक मेरो बच्चालाई देखें । म निकै अचम्मित भएं ।’ शिशुको राम्रोसँग विकसित भएको दुई वटा टाउको भएको र दुवै मुखबाट आमाको दूध चुसेको जनाइएको छ । 
आमा र बच्चाको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । टाउको दुईवटा भएपनि अरु अंक भने एउटा मात्रै रहेको अस्पतालले जनाएको छ । दुई वटा टाउको भएको बच्चा जन्मिएको थाहा पाएपछि अस्पालमा हजारौं मानिसको भिड लागेको थियो । 
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह