कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

अलैचीको भारी मुल्य गिरावटले किसान र ब्यापारी प्रभावित

 नारायण कुमार राई
धनकुटा खबर । अलैचीमा लाग्ने छिर्के रोगले बगान सखाप हुने क्रम नसकिंदै अलैचीको मूल्यमा भारी गिरावट आएपछि अलैचची कृषक र ब्यपारीहरु चिन्तितमा परेका छन् ।
मूल्य बृद्धिको आशामा नयाँ बगैचा लगाए पनि हाल सम्म अलैचीको मूल्य गिरावट कायम रहेकोले किसान र ब्यपारी दुबै मर्कामा परेका हुन ।
 
अहिले धनकुटामा प्रति मन ४० केजी अलैचीको मूल्य १ लाख १० हजारबाट ३० हजार भएको छ । किसानहरुबाट स्थानिय ब्यपारीहरुले प्रति मन २८ देखि ३० हजार सम्म दिने गरेका छन् ।
उक्त मुल्य किसाहरुलाई मजदुर ज्याला तिर्नै नपुग्ने र ब्यपारीहरुलाई फाईदा नभए पनि ब्यबसाय बचाएर राख्नुको लागि कारोबार गरिरहनु परेको उनीहरुले भनाई छ ।
 
प्रति केजी ४० रुपैंया हुंदा देखि अलैची खेती गर्दै आएका धनकुटा परेवादीन ३ का बमबहादुर लिम्बुले अलैचीको मल्य कम भएका कारण कामदार लगाएको रकम समेत नउठेको बताउनुभयो ।
 
१२ रोपनी क्षेत्रफलमा लगाएको अलैची खेतीबाट बार्षिक ८० केजी सम्म फल अलैची बेचेर २ बर्ष अघि ३ लाख कमाएको उहाँले हाल १ लाख पनि कमाई नभएको बताउनुभयो ।
त्यस्तै तिहार खर्चको लागि धनकुटाको हिलेमा १ मन अलैची बेच्न आएका तेह्रथुम ६ डङडङेका छिरिङ शेर्पाले हालमा लिएको पैसा देखाउँदै खेताला लगाएको पैसा तिर्न पनि नपुगेको गुनासो गनुभयो ।
उहााले भन्नुभयो,‘अलैची बेचेको पैसाले काम गर्नेलाई पैसा तिर्नै नपुगेपछि हामी–हामी नै बाझ्दैछौं ।’
 
बिगतका बर्षहरुमा राम्रो मूल्य देखेर ३ बर्ष अघि ४ रोपनीमा लैची खेती गर्दै आएका उनले अलैची खेती निल्नु न ओगल्नु भएको बताउनुभयो ।
नेपालको अलैची भारत लाने ब्यपारीहरुले अलैचीको कम मूल्य तोकेर लान नमानेपछि अलैची किसानहरु मार्कामा परेको र ब्यपारीहरुलाई करोडौं घाटा लागेको धनकुटा हिलेका ब्यपारी बाबुराम राईले बताउनु भयो ।
अघिल्लो बर्ष प्रति मनको मूल्य १ लाख ८ हजार सम्म हुंदा किसानहरुलाई ९५ हजार सम्म दिएर खरिद गरेको अलैची बेच्ने समयमा अचानक मुल्य घटेर ५५ हजारमा झरेपछि आफूलाई २५ लाख भन्दा बढी घाटा लागेको उहाँको भनाई छ ।
हाल अलैची ब्यपारबाट फाईदा नभएपनि ब्यबसायलाई निरन्तरता दिनके लागि मात्र अलैची किनबेच भईरहेको उहाँले बताउनुभयो ।
नेपालबाट भारत जाने अलैचीमा बिभिन्न नक्कली अलैचीहरु मिसावट भएको पाईएपछि मूल्यमा गिरावट आएको हुनसक्ने अलैची ब्यबसायी महासंघ धनकुटा शाखाका अध्यक्ष ईन्द्र तितुङले जानकारी दिनुभयो ।
 
उहाँले भन्नुभयो,‘नेपालमा उत्पादन भएको अलैचीमा पनि उस्तै देखिने चुरुम्फा र फल भित्रको दाना अलैचीमा समेत मेथी भुटेर मिसाएको पाईयो ।’
महंगो मूल्यमा किनेर भण्डारण गरेको अलैंची कम मूयमा बेच्न पर्दा धनकुटाका १४ अलैची ब्यपारीहरुलाई २० करोड भन्दा बढी घाटा भएको ईन्द्र तितुङले बताउनुभयो ।
हाल भारतीय ब्यपारीहरुले नै प्रतिमन ३२ हजार सम्ममा मात्र लाने भएकाले किसानहरुलाई ३० हजार भन्दा बढी दिन नसकेको शाखाको सचिव फुर्वा शेर्पाले बताउनुभयो ।
मूल्यमा आएको भारी गिरावट संगै हाल प्रति मन २८ देखि ३२ हजार सम्म मात्र मूल्य चलेको कारण कतिपय ब्यपारी र किसानहरुले मूल्य बृद्धिका आशमा २÷३ बर्ष अघि देखि अलैची भण्डारण गरेर राारिहेको शेर्पाले जानकारी दिनुभयो ।
२ सय ४० हेक्टरमा अलैची खेती हुने धनकुटामा गत बर्ष उत्पादित २६ करोड १० लाख बराबरको १ सय ४५ मेटिक टन अलैची निर्यात् भएको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह