कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

ट्रम्प बारेको पुस्तक रोक्ने प्रयासमा ह्वाइट हाउसका वकिल, पुस्तक आजै आउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उहाँको प्रशासनका बारेमा गम्भीर दाबी गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास सुरु गरेका छन् । पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासन सम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरी : इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षका बारेमा खुलाइएको छ ।

पुस्तकमा स्टीभ बेननसहितका ट्रम्पका पूर्व सहयोगीले ट्रम्प प्रशासनका बारेमा गोप्य कुरा खुलाएका छन् । यसले ट्रम्प प्रशासन समस्यामा परेको छ । यहि कारण राष्ट्रपति ट्रम्पका कानुन व्यवसायीहरु यो पुस्तक बजारमा जानबाट रोक्ने उपयाको खोजीमा लागेका हुन् । 

 

बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल वुल्फको किताबमा बताएका छन् । हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बेननले बताएका हुन् । रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेननले पुस्तकमा बताएका छन् । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरेका छन् ।

ट्रम्पले चुनाव जितेपछि पनि बेनन ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहनुभएको थियो । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहनुभएका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गर्नुभएको थियो । आफ्नो बारेमा गम्भीर खुलासा गरेपछि ट्रम्पले बुधबार वक्तव्य जारी गरेर बेननको आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबिच कुनै सम्बन्ध नरहेको दाबी गर्नुभएको छ ।

बेननले आफू बर्खास्त भएका बेला होस पनि गुमाएको र बेहोसीमा नचाहिने कुरा बोल्दै हिँडेको ट्रम्पले आरोप लगाउनुभएको छ । तर गएको अगस्टमा बेननलाई खर्बास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताउनुभएको थियो । विवादास्पद बनेको पत्रकार वुल्फको पुस्तकमा ट्रम्पले राष्ट्रपतीय चुनाव अप्रत्यासित रुपमा जितेको पनि उल्लेख गरिएको छ । 

विवादका बिच प्रशासकले पुस्तक सार्वजनिक गर्ने मिति तय गरेका छन् । आउँदो मंगलबार सार्वजनिक हुने भनिएको पुस्तक अब शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी छ ।

ट्रम्पका वकिलले रोक्ने प्रयास गरेकाले शुक्रबार नै सार्वजनिक गर्न लागिएको लेखक वुल्फले बताएका छन् । ह्वाइट हाउसले पुस्तकको विश्वसनियतामा प्रश्न गरेको छ ।
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह