कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

आर्मी र एपीएफ सेमिफाइनलमा

 १८ औं पुरुष ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा दुई विभागीय टोली त्रिभुवन आमी क्लब र सशस्त्र प्रहरीको एपीएफ पुगेका छन्। पोखरा रंगशालामा शुक्रबार यी दुई विभागीय टोलीवीच प्रतिस्पर्धा हुनेछ। यसैगरी दोस्रो खेलमा घरेलु टोली पश्चिमाञ्चल र मध्यमाञ्चलवीच प्रतिस्पर्धा हुने छ।

महिलातर्फको पहिलो सेमिफाइनल खेलमा एपीएफले पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।पुरुषको खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १४-९ गोलले पराजित गर्‍यो। पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३५-१० को फराकिलो अन्तरले पाखा लगायो। यस्तै आर्मीले मध्यपश्चिमाञ्चललाई ३६-१० को फराकिलो अन्तरले पन्छायो। मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २४-१४ ले पराजित गर्‍यो भने एपीएफले पूर्वाञ्चललाई ३७-७ ले पन्छायो।

महिलातर्फ एपएिफले पश्चिमाञ्चललाई ३८-७ गोलले पाखा लगायो। यसैगरी आर्मीले मध्यमाञ्चललाई २९-१, एपीएफले मध्यपश्चिमाञ्चललाई ३०-१, पूर्वाञ्चलले मध्यमाञ्चललाई २८-२ र पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २१-० पाखा लगायो।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह