कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

इटहरी गोल्डकपः भुटानविरुद्ध आर्मीको फराकिलो जित

ड्रुक युनाइटेड एफसी भुटानलाई ५–० गोलको अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

आर्मीका लागि पहिलो हाफको २० औँ र ४० औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका पदम तामाङ्गले पुनः १ गोल गर्दै आफ्नो टिमको पक्षमा २ गोल बनाएका थिए ।

दोस्रो हाफको १६ औँ मिनेटमा आर्मीका दिनेश हेनजमले र ३० औ मिनेटमा टंक बस्नेतले १–१ गोल थपेर आफ्नो टिमको पक्षमा ४ गोल बनाए । खेलको ३४ औ मिनेटमा आर्मीका पदम तामाङ्गले पुनः १ गोल गरेर जित दिलाएका थिए ।

आजको खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी क्लब काठमाडौँका पदम तामाङ्ग घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् ।

क्वाटर फाईनल अन्तर्गतको अन्तिम खेल मङ्गलवार आयोजक राष्ट्रिय जागृती क्लब इटहरी र गरिफा स्पोर्टिङ क्लब कोलकता बिच हुने आयोजक आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । विजेताले १२ लाख रुपैयाँका साथमा चाँदी र सुनको ट्रफी पाउनेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् ।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह