कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

मौसम खराबीले जहाज डेढघण्टासम्म आकाशमै होल्ड

बुधबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय जहाजलाई डाइभर्ट गरिएको छ भने कतिपयलाई आकाशमै होल्ड गराइएको छ।

आकाश सफा नभएपछि विहानैदेखि उडान पनि स्थगित गरिएको थियो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई डेढ घण्टासम्म आकाशमै होल्ड गराउनुपरेको थियो।

मुम्बइबाट आएको जेट एअरवेज, दुबइबाट आएको हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज,  दुबइबाट आएको नेपाल एअरलाइन्स र दिल्लीबाट आएको एअर इन्डियाका जहाजलाई मौसममा सुधार आएपछि क्रमशः ल्यान्ड गरिएको छ। चाइना साउदर्न अहिले पनि आकाशमै होल्ड छ। 

काठमाडौं लगायत विभिन्न भूभागमा हलुका वर्षा भएको छ भने उच्च हिमाली जिल्लाहरूमा हिमपात भएको छ।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह