कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता हुँदै

सातवटै प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। प्रत्येक प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, तीन महिला र तीन खुला सहित ८ जना गरी ५६ जनाको बुधबार उम्मेदवारी दर्ता हुँदैछ।

राजनीतिक दलहरुले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ७ को डोटीको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गरिरहेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी(राजपा) लगायत दलले उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताको लागि ७ वटै प्रदेशका निर्वाचन आयोगका कार्यालयमा पुगेका छन्।

बिहान १० देखि ४ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ। राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुन गइरहेको छ।उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्मको समय तोकेको छ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ५ को उम्मेदवारी दर्ता दाङको घोराहीमा हुँदैछ। उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा भइरहेको हो।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह