कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

पश्चिम र मध्य हुँदै झरी पूर्वतिर

 बुधबार पानी पर्छ भनेर मौसमविदले तीन दिनअघि नै भविष्यवाणी गरेका थिए । मौसमविदको पूर्वानुमानमा त्यति विश्वास नगर्नेहरुलाई बुधबार पानी पर्छ भन्ने लागेको थिएन । तर बुधबार बिहानै काठमाडौं सहित देशका धेरै ठाउँमा वर्षा भयो । 

मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रका धेरै ठाउँमो वर्षा भएको मौसमविदले बताएका छन् ।  यो वर्षको हिउँदे वर्षा  लागेपछि पहिलो पटक जमिन भिज्ने गरी पानी परेको मौसमविदले बताएका छन् । 

 

सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली ढिलो गरी वर्षा भएको छ । पश्चिमी वायूको प्रभावका कारण देशभरकै मौसम बद्ली भएर पानी परेको हो । अहिलेसम्म डडेल्धुरामा सबैभन्दा धेरै १२ मिलिमिटर पानी परेको छ । यस्तै धनगढीमा ७  मिलिमिटर, नेपालगन्जमा ६, जुम्लामा ५ मिलिमिटर पानी परेको छ । 

 

दीपायल र काठमाडौंमा भने दुई मिलिमिटर पानी परेको छ । पश्चिमी वायू मध्य र पश्चिमी क्षेत्रबाट पूर्वमा सर्ने क्रममा रहेकाले अब पूर्वी क्षेत्रमा प्रभाव धेरै पर्ने मौसमविद विभूती पोखरेलले जानकारी दिनुभयो ।

 

पश्चिमी वायू सरेसँगै काठमाडौं र मध्य तथा पश्चिमका धेरैजसो ठाउँमा पानी पर्न रोकिन थालेको छ । अब यी क्षेत्रमा पानी नपर्ने तर मौसम बद्ली भने हुने उहाँले बताउनुभयो ।


 सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात भएको  मौसमविदले बताएका छन् । 

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह