कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

प्रदेश ३ मा एमाले संसदीय दलको नेता डोरमणि पौडेल

 प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएका छन्। शुक्रबार भएको दलको नेताको निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई १० मतले हराएका हुन्। पौडेलले ३४ र शाक्यले २४ मत ल्याइन्।

प्रदेशको संसदीय दलको नेता चुन्न सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार मतदान भएको थियो । देशकै एक्ली मुख्यमन्त्री बन्ने दाउमा रहेकी शाक्यलाई स्तब्ध बनाउँदै विजयी भएका पौडेल एमालेमा पार्टीअध्यक्ष केपी ओलीनिकट हुन् ।

 मकवानपुर २ प्रदेशसभा (ख) मा ७० वर्षीय डोरमणि पौडेल विजयी

पराजित भएकी उपाध्यक्ष शाक्य भने माधव नेपाल समूहकी हुन् । संसदीय दलको नेतामा दाबी गर्दै आएका धादिङबाट निर्वाचित नेता राजेन्द्र पाण्डेले उम्मेदवारी नै नदिएपछि पौडेल र शाक्य प्रतिस्पर्धी थिए ।
 
प्रदेश ३ मा एमालेका ५८ जना प्रदेश सभा सांसद थिए। मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट विजयी भएका पौडेलले एमालेका सबै नेता कार्यकर्तालाई चकित बनाउँदै प्रदेश ३ को मुख्यमन्त्री पक्का गरेका हुन् ।

७० वर्षीय उनले यसअघि प्रदेश नम्बर ३ को हेटौँडा भएको पहिलो प्रदेश सभा बैठकमा सभामुखको भूमिका निर्वाह गरेका थिए । उनी यसअघि सभामुखको आकांक्षीका रुपमा देखिएका थिए । तर, अन्तिममा पाण्डे पछि हटेसँगै शाक्यसँग दलको नेतामा भिड्न मैदानमा उत्रेका थिए ।

पौडेल लोकतान्त्रिक गठबन्धनका अशोक शाक्यलाई चार हजार एक सय २२ मतले पछि पार्दै प्रदेश सभामा विजयी भएका थिए । पौडेलले प्रदेश सभामा विजयी हुने क्रममा २० हजार ७ सय ३ मत प्राप्त गरेका थिए ।

हेटौंडाको विकासका योजनाकार पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए। एक दशक मेयर रहेर काम गरेका उनलाई अबको पाँच वर्ष प्रदेश नम्बर ३ को समेत विकासमा जुट्ने अवसर मिलेको छ।

‘मसँग हेटौंडा र यससँग जोडिएको मेरो क्षेत्रको विकासको स्पष्ट खाका छ’,उनले प्रदेश सभामा विजयी भएपछि भनेका थिए, ‘हेटौंडा अब एउटा व्यवस्थित विकासको खाकामा अघि बढ्छ ।’

७० वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन्। २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनी राजनीतिक मुद्धामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह