कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला

अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ । सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ । अमेरिकी अधिकारीहरुको अनुमानमा बुधबार भएको घटनामा सिरियाली सरकार समर्थक झण्डै एक सयजना सैनिकको ज्यान गएको थियो ।

अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा ती सिरियाली सरकार समर्थक सैनिक प्रवेश गर्न खोजेको अमेरिकीले आरोप लगाएका छन ।

सिरियाली सरकारी संचार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा दर्जनौं मानिसहरु मारिएका र घाइते भएका बताएका छन् । सरकार समर्थक सैन्यले एसडीएफको स्थापित मुख्यालयमा एकाएक हमला गरेको अमेरिकी नेतृत्वको गठबन्धनले आरोप लगाएको छ ।

एउटा वक्तव्य जारी गर्दै सो गठबन्धनले आफू र आफ्ना साझेदारको आत्मरक्षाका लागि आक्रमणकारी सैन्यलाई धपाउन तिनीहरु विरुद्ध हवाइ हमला गरेको दावी गरेको छ ।

सो क्षेत्रमा आइएसका लडाकुहरुलाई धपाउने क्रममा गत वर्षपनि दुबै पक्षबीच थुप्रै भिडन्तहरु भएका थिए । एसोसियटेड प्रेस समाचार संस्थाका अनुसार रुसी रक्षा मन्त्रालयले सो हमलाका सम्बन्धमा अमेरिकीहरुले आफूहरुसंग संयोजना नगरेको भन्दै असन्तोष व्यक्त गरेको बीबीसीले जनाएको छ।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह